
काठमाडौं २३ कात्तिक– मुलुककै जेठो पार्टी प्रजापरिषद् नेकपा एमालेमा विलय भएको छ ।
दुइपार्टीबीच बिहीवार पार्टी एकीकरण सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परिषद्का काबा अध्यक्ष गोविन्द प्रसाद दुलालले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
आशन्न चुनावमा परिषद्ले वामपन्थी उम्मेदवारलाई समर्थन गर्ने र चुनावपछि एमालेले परिषद्का कार्यकर्तालाई सम्मानजनक स्थान दिने उल्लेख छ ।
नेपाली कांग्रेसको स्थापना भन्दा पहिले राणा शासनको बिरोध गर्न प्रजा परिषद् स्थापना भएको थियो ।
टंकप्रसाद आचार्यले विक्रम संवत १९९३ मा स्थापना गरेको परिषद्मा कांग्रेसका संस्थापक नेताहरु सदस्य थिए ।