२७ जेठ २०८३, बुधबार

पत्रकार भुलको हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग

कात्तिक २८, २०८१
काठमाडौं
पत्रकार भुलको हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग

नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश भुलको हत्यामा संलग्नलाई यथाशीघ्र कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गरी भुलको कुटपिटबाट निधन भएको घटनाप्रति भर्त्सनासमेत गरेका छन् ।

राष्ट्रिय दलित पत्रकार सङ्घ, कैलालीका सहसचिव समेत रहनुभएका कैलालीको गौरीगङ्गा नगरपालिका–११ कान्तिपुर टोल बस्ने भुललाई यही कात्तिक २५ गते साँझ ५ बजेतिर सामान्य विवादमा सोही ठाउँको एक समूहले निर्मम कुटपिट गरेको जानकारीमा आएको महासङ्घले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते सुरेशको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा २६ गते बिहान मृत्यु भएको हो ।

महासङ्घले पत्रकार भुलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदनासमेत  प्रकट गरेको छ ।  

'घटनाको अनुसन्धानका लागि महासङ्घले केन्द्रीय सचिव हेमकर्ण विकको संयोजकत्वमा मिसन टोली खटाएको छ, मिसन टोलीले आजैदेखि कार्य थालनी गरेको छ, टोलीले १५ दिनभित्र घटनाको सत्य-तथ्यसहितको प्रतिवेदन पेस गर्नेछ,' विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्