२६ जेठ २०८३, मंगलबार

पर्साको पोखरिया अस्पताललाई स्तरोन्नति गरेर  प्रादेशिक अस्पताल बनाइने

मंसिर ७, २०८१
पर्सा
पर्साको पोखरिया अस्पताललाई स्तरोन्नति गरेर  प्रादेशिक अस्पताल बनाइने

सरकारले पर्साको पोखरिया अस्पताललाई ५० श्यैया स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सङ्घीय मन्त्रिपरिषद्को बिहीबारको बैठकले १५ शै्याको उक्त अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बिहीबारको मन्त्रिपरिषद्को बैठकले १५ श्यैयायुक्त पोखरिया जिल्ला अस्पताललाई ५० श्यैयामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

 वर्षौंदेखिको प्रयास र जनताको माग पूरा हुन लागेको उल्लेख गर्दै उनले अस्पताल स्तरोन्नतिको निर्णयबाट पोखरियाका लागि मात्र नभएर मधेश प्रदेशको स्वास्थ्य सेवामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्