२७ जेठ २०८३, बुधबार

काठमाडौंका विभिन्न स्थानमा तीन जना मृत भेटिए

मंसिर ८, २०८१
काठमाडौं
काठमाडौंका विभिन्न स्थानमा तीन जना मृत भेटिए

काठमाडौंका विभिन्न स्थानमा शनिबार तीन जना मृत भेटिएका छन् । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नर बहादुर राई शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी, टोखा नगरपालिका-१० खरिबोटस्थित सत्कार खाजा पसल सञ्चालन गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुन कुमार राई सोही पसलको सटर अगाडि मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ  ।

यस्तै, दक्षिणकाली नगरपालिका-६ दक्षिणकाली सांस्कृतिक क्षेत्र सुधार समितिको जंगलको पानी ट्याङ्की नजिक खोल्सामा पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । 

उता सिन्धुपाल्चोक र दाङमा पनि एक/एक जना मृत फेला परेका छन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ रतनकोट बस्ने ७० वर्षीय टिका बहादुर विश्वकर्मा त्रिपुरासुन्दरी गाउँपालिका-३ तारकेनीस्थित हुन्दुङ खोल्साको किनारमा मृत अवस्थामा फेला प्रहरीले जनाएको छ । 

दाङको घोराही उपमहानगरपालिका-१२ डाँडागाउँ बस्ने ५२ वर्षीय बुद्दिराम चौधरी सोही ठाउँस्थित कुलोको छेउमा शनिबार मृत अवस्थामा फेला प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्