२६ जेठ २०८३, मंगलबार

कञ्चनपुर बस दुर्घटना : २ जनाको अवस्था गम्भीर

मंसिर ८, २०८१
काठमाडौं
कञ्चनपुर बस दुर्घटना : २ जनाको अवस्था गम्भीर

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

धनगढीबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ७७५५ नम्बरको बस शनिबार साँझ दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका हुन् ।

घाइतेहरूको अत्तरिया र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्