२६ जेठ २०८३, मंगलबार

शिक्षक सङ्घका पूर्वअध्यक्ष ज्ञवालीको अन्त्येष्टि, सभापति देउवाद्वारा श्रद्धाञ्जली

मंसिर १५, २०८१
काठमाडौं
शिक्षक सङ्घका पूर्वअध्यक्ष ज्ञवालीको अन्त्येष्टि, सभापति देउवाद्वारा श्रद्धाञ्जली

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष मोहन ज्ञवालीको अन्त्येष्टि गरिएको छ ।

शुक्रबार राति हृदयघातका कारण निधन भएका स्व ज्ञवालीको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि गर्नुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सङ्घको केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको थियो ।

स्व ज्ञवालीलाई कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय  गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री एवम् पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, सहमहामन्त्री जीवन परियार, पूर्वमहामन्त्री डा शशाङ्क कोइराला, नेता अर्जुननरसिंह केसी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी लगायतले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्