×

NMB BANK
NIC ASIA

चुनावी चर्चा

ललितपुरका मतदाता भन्छन्ः धान काटिदिनु पर्दैन, समस्या पर्दा सहयोग गरे पुग्छ [भिडियोसहित]

कात्तिक २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २६ कार्तिक – चुनावी चहलपहल मात्र होइन, शनिवार दिउँसो पारिलो घामले ललितपुर पनि उत्तिकै गर्मिलो बनेको थियो । क्षेत्र नम्बर १ को ठैव, बाँडेगाउँ क्षेत्रतिर स्थानीय मतदाता चुनावी चहलपहलभन्दा आफ्नै दैनिकीमा व्यस्त देखिन्थे ।

Muktinath Bank

केही पर बिसङ्खु नारायणस्थानमा वाम गठबन्धनमा एमालेको तर्फबाट उम्मेदवारी दिएका नवराज सिलवालका लागि भोट माग्दै थिए एमालेका कार्यकर्ता । अर्कातिर नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका उदयशमशेर राणाका लागि कार्यकर्ताले ललितपुरकै चापागाउँ वरपर मतदातासँग भोट आह्वान गरिरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

तर, ठैव आसपासका मतदाता भने मसींर २१ मा हुन लागेको चुनावबारे नै अन्यौलमा देखिन्थे । आफ्नो घरायसी काममै व्यस्त स्थानीयवासी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका बारेमा बेखबर देखिएका हुन् ।

Vianet communication
Laxmi Bank


उम्मेदवारहरू चुनावी प्रचारमा डुलिरहेका बेला बाँडेगाउँ आसपासका मतदाता अझैसम्म कोही भोट माग्न नआएको बताउँछन् । तर, बाँडेगाउँकै मुख्य क्षेत्रमा भने सडकका प्रत्येक खम्बामा नयाँ शक्ति पार्टीको आँखा अंकित झण्डा झुण्डाइएका छन् ।

पार्टीका उम्मेदवार र कार्यकर्तालाई चुनावी प्रचारले छपक्कै छोपे पनि नवराज सिलवास र उदयशमशेर राणा उठेकै क्षेत्रका मतदातालाई भने चुनावी माहोलले खासै प्रभाव पारेको छैन । पूर्वडिआइजी नवराज सिलवाल र ललितपुरबाट पहिले पनि चुनाव लडेका उदयशमशेरलाई चर्चित उम्मेदवारका रुपमा पनि हेर्ने गरिएको छ त्यस क्षेत्रमा ।

राजनीतिमा कम चासो राख्ने मतदातालाई को को उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् भन्ने समेत थाहा नभएको बताउँछन् स्थानीयवासी । बजारदेखि केही भित्री भागको खेतबाट पराल बोकेर उकालो निस्कँदै गरेका ठैवका उद्धवप्रसाद बजगाईंले उम्मेदवारले आफ्नो लागि भन्दा पनि यो क्षेत्रको विकासका लागि काम गरेको हेर्न चाहेको बताए । ‘उम्मेदवारले हाम्रो खेतमा आएर धान काटिदिनु परेन, बरु जनतालाई दुःख पर्दा सहयोग गरिदिए पुग्यो’, बजगाईंले पसिना पुछ्दै थपे, ‘जसलाई जिताए पनि आजसम्म जनताले राहत पाएजस्तो लागेको छैन ।’ खेतको बीचमा जस्ताले बेरेको एक तले सानो घरमा बस्दै आएकी माया तामाङले जसलाई जिताए पनि जनतालाई कुनै प्रभाव नपर्ने बताइन् । 

‘हामीले दुई वर्षअघि गएको भूकम्पको अनुदान रकम पनि अझै पाएका छैनौं, बोल्न सक्नेले उहिल्यै लिए तर हामीले पाएनौं’, उनले थपिन्, ‘भोट त पहिलेदेखि नै हाल्दै आएको पार्टीलाई दिने होला नि ।’ नजिकै आँगनमा बसेकी स्थानीय सरिता महर्जनले थपिन्, ‘भोट माग्न ‘ज्यू ज्यू’ गर्दै आउँछन्, पछि चिन्नै छोड्छन् ।’

उम्मेदवार तथा जिताएर पठाएका प्रतिनिधिप्रति मतदाताले खासै ठूला आशा नराखे पनि आफ्नो क्षेत्रमा विकास गरिदिए हुन्थ्यो भन्ने चाहना भएको बताउँछन् । तर चुनावी सरगर्मी तातिरहँदा भने कतिपय मतदादाले आफ्नो क्षेत्र नम्बर कति हो र को को उम्मेदवार उठेका छन् भन्ने बारेमा जानकार नभएको बताउँछन् ।

खेतबाट धान काटेर भर्खरै घरतिर जाँदै गरेका कृष्णगोपाल महर्जन र ६८ वर्षीय उनकी आमा कृष्णमाया महर्जनले आफ्नो क्षेत्रबाट को उठेको छ भन्ने थाहा नभएको बताए । ‘हामीलाई त को उठेको छ भन्ने पनि थाहा छैन, कोही भोट माग्न पनि आएका छैनन्’, कृष्णमायाले थपिन्, ‘बल्ल त चुनाव लागेको छ, आउलान् नि ।’

प्रायः सबै दलका उम्मेदवारहरू मत माग्न विभिन्न माध्यममार्फत मतदातामाझ पुगेका छन् भने मतदाता भने कुन मतदातालाई जिताउने भन्नेमा अलमल देखिएका छन् । स्थानीय चुनावप्रति खासै चासो नदेखाए पनि आफ्नो क्षेत्रको विकास गर्ने उम्मेदवारलाई भोट दिने स्थानीयवासी बताउँछन् । भन्छन्, ‘कसलाई जिताउने भनेर अझै सोच्ने बेला छ, भोलि मत हालेपछि पछुताउन नपरोस् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x