२७ जेठ २०८३, बुधबार

विराटनगरले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

मंसिर १८, २०८१
काठमाडौं
विराटनगरले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले सुदूरपश्चिम प्रदेशविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङको निर्णय लिएका हुन् ।

सुदूरपश्चिमको यो  पहिलो खेल हो । विराटनगर आफ्नो दोस्रो खेल खेल्दैछ । दुवै पहिलो जितको लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

विराटनगरले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्