२६ जेठ २०८३, मंगलबार

अफ्रिकी देश गिनीमा फुटबल खेलका क्रममा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु

मंसिर १८, २०८१
काठमाडौं
अफ्रिकी देश गिनीमा फुटबल खेलका क्रममा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु

अफ्रिकी देश गिनीको दोस्रो ठूलो शहर जेरेकोरमा फुटबल खेलका क्रममा भागदौड हुँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ । तर, धेरैले मृत्यु हुनेको संख्या १०० हुन सक्ने अनुमान गरेको बीबीसीले जनाएको छ । 

केही रिपोर्टहरूका अनुसार यो घटना रेफ्रीको निर्णयपछि भएको हो । पाहुना टोली लाबेका दुई खेलाडीलाई रेफ्रीले रातो कार्ड देखाएर मैदान बाहिर पठाउँदा पेनाल्टी किक दिएका थिए ।

गिनीका प्रधानमन्त्री ओरी बाहले घटनालाई ‘दुःखद’ भनेका छन् । उनले यस घटनामा जिम्मेवार व्यक्तिको पहिचान गर्ने घोषणा गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार रेफ्रीसँग आक्रोशित आगन्तुक टोली लाबेका समर्थकहरूले मैदानतर्फ ढुङ्गा हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

समाचारमा जनाइएअनुसार रङ्गशालामा ठूलो भीड थियो। त्यहाँबाट बाहिर निस्कने एउटै बाटो थियो। केही मानिसहरू बाहिर निस्कन पर्खालमा चढेका थिए। पर्खाल चढ्न नसकेकाहरू भित्तामा खसेको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्