
एजेन्सी - यदि तपाईंको पहिलो विवाह टुटेको छ भने दोस्रो विवाह सफल सम्भावना धेरै रहन्छ । दोस्रो विवाह गर्दासम्म तपाईंको वर्ष अलि धेरै बितिसकेको हुन्छ त्यसकारण तपाईं परिपक्क हुनुहुनेछ ।
तपाईं आफ्नो दोस्रो जीवनसाथीसँग धेरै बोल्नुहुनेछ र आफ्नो जीवनमा के चाहनुहुन्छ भन्ने कुराहरु पनि तपाईंलाई थाहा भइसक्नेछ ।
पहिलो विवाहबाट जन्मिएका सन्तानले तनाव दिन पनि सक्छन् । उनीहरुको लालनपालनमा कुनै पनि समय तयार हुनुपर्ने हुन्छ र आफ्नो बेडरुमको क्रियाकलापको व्यवस्था त्यहि अनुसारले मिलाउनुपर्ने हुन्छ ।
यद्यपी, यदि तपाईं फेरि विवाह बन्धनमा बाँधिन चाहनुहुन्छ भने तपाई र तपाईंको पार्टनरलाई सन्तानको बारेमा धेरै कुरा थाहा हुन्छ र विकएन्डमा तपाईंले जहिले पनि केहि नयाँ प्लान बनाउन सक्नुहुनेछ, एजेन्सीहरुले समाचारमा उल्लेख गरेका छन् ।
दोस्रो पटकमा के कुरामा वादविवाद गर्ने र के कुरामा नगर्ने भन्ने कुराको बारेमा तपाईं जानकार हुनुहुनेछ । तपाईंलाई के बोल्ने, कसरी बोल्ने र सम्मानपूर्वक अरुको भावनालाई कदर गरेर कसरी बोल्ने भन्ने कुरा पनि थाहा हुन्छ ।
दोस्रो विवाह पहिले गरिएका गल्तीहरु सच्याउने एउटा मौकाको रुपमा खडा भएको हुन्छ । पहिलो विवाहबाट तपाईंले धेरै कुराहरु थाहा पाउनुपर्ने हुन्छ र ती गल्तीहरुलाई फेरि नदोहोराउने प्रण पनि आफैँमा गर्नुपर्ने हुन्छ । दोस्रो विवाहले तपाईंलाई आफ्नो पार्टनरसँग भावनात्मक रुपमा नजिक गराउन मद्दत गर्छ । आफूलाई राम्रोसँग हेरबिचार गर्ने र आफ्नो लागि कोही छ भन्ने कुराको तपाईंलाई महसुस गराउँछ ।