२७ जेठ २०८३, बुधबार

हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ

पुस १, २०८१
काठमाडौं
हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण निकाय हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण पछि परेको बताएका छन् ।

मन्त्रालयमा आज हुलाक सेवा विभागले ‘एक सय ५०औं विश्व हुलाक दिवस’ र ‘इन्टरपोल एक सयौं वार्षिकोत्सव’ शीर्षकका दुई हुलाक टिकटमा टाँचा प्रदानपछि उनले हुलाकलाई आधुनिकीकरण गर्न आफू प्रतिबद्ध रहेको बताए ।

हुलाक सेवा बलियो नहुँदा सूचना प्रविधिको विकाससँगै निजी क्षेत्रले फाइदा उठाइरहेको मन्त्री गुरुङको भनाइ छ ।

उनले परम्परागत कार्यशैलीमा थप रूपान्तरण गरेर विभागले ‘डिजिटल’ शैलीमा सेवा प्रदान गर्न जरुरी रहेको बताए ।

जसका लागि सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्दै मन्त्रालय कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया करिब अन्तिम चरणमा पुगेको मन्त्री गुरुङले जानकारी दिए। 

'सुरक्षण मुद्रण केन्द्रको सिइओ बनाइसकेका छौं । अब आफ्नै देशको छापाखानाबाट कागजात छाप्न सक्षम हुन्छौं,' उनले भने, 'सुरक्षण मुद्रण परिचालन हुन थालेपछि धेरै राजस्व बचाउन सकिन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्