
रुसको राजधानी मस्कोमा भएको बम विष्फोटमा सेनाका एक जनरल रैंकका सैनिक अधिकृतको मृत्यु भएको छ ।
रसियाको अनुसन्धान समितिले मंगलबार भएकोविस्फोटमा मारिएका सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ न्यूक्लियर बायोलोजिकल केमिकल डिफेन्स फोर्समा तैनाथ रहेको बताएको छ ।
स्कुटरमा लुकाइएको यन्त्र विस्फोट भएको हो । घटनामा किरिलोभका एक सहायकको पनि मृत्यु भएको अनुसन्धान समितिले जनाएको छ ।
अक्टोबरमा बेलायतले युक्रेनविरुद्धको युद्धमा रासायनिक हतियारको प्रयोगलाई बेवास्ता गरेको भन्दै किरिलोभमाथि प्रतिबन्ध लगाएको थियो ।