२६ जेठ २०८३, मंगलबार

तेह्रथुममा दर्दनाक घटना : पशुवस्तुसहित दुई जनामाथि धारिलो हतियार प्रहार, त्यसपछि आत्महत्या !

पुस ६, २०८१
विराटनगर
तेह्रथुममा दर्दनाक घटना : पशुवस्तुसहित दुई जनामाथि धारिलो हतियार प्रहार, त्यसपछि आत्महत्या !

तेह्रथुमको फेदाप गाउँपालिका एक युवाले भैंसी, बाख्रासहित दुई जना मानिसमाथि धारिलो हतियार प्रहार गरेर आफूले पनि आत्महत्या गरेका छन् ।

फेदाप-१ बस्ने ४३ वर्षका अमृत बुढाथोकीले गएराति सोही वडाका विजय निङ्लेखु लिम्बुको गोठमा पुगेर बाख्रा, खसी, पाठा र भैंसीका माउ र पाडो काटेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमकी डीएसपी चिनिमाया तामाङले बताइन् ।बुढाथोकीले भैंसीको पाडोबाहेक अन्य सबै पशुको हत्या गरेको डीएसपी तामाङले बताइन् ।

अमृतले सोही वडाको रातमाटे बस्ने हरिप्रसाद माझी र उनकी श्रीमती  फुलमाया माझीलाई पनि धारिलो हतियार प्रहार गरेका थिए ।

डीएसपी तामाङका अनुसार घाइते माझी दम्पतिको उपचार बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । हरिको  टाउकोमा  चोट लागेको छ भने फुलमायाको हातको पातो र घाँटीमा चोट लागेको छ ।

घाइते अवस्थामा भेटिएका बुढाथोकीको भने फेदाप स्वास्थ चौकी पुर्‍याउन साथ मृत्यु भएको डीएसपी तामाङले बताइन्। उनले आत्महत्या गरेको आशंका गरिएपनि हत्या वा आत्महत्या भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।

उनको साथबाट खुकुरी र बञ्चरो बरामद गरिएको तेह्रथुम प्रहरीले जनाएको छ । अमृतले जंगल-जंगल आगो लगाउने गरेको समेत प्रहरीले जनाएको छ । 

अमृत एक्लै बस्ने गरेका थिए । यसअगाडि कुनै यस्ता गतिविधि बुढाथोकीले नगरेको डीएसपी तामाङले बताइन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्