×

NMB BANK
NIC ASIA

काठमाडौं काभ्रेस्थलीका मतदाता भन्छन, अहिलेसम्म भोट माग्न कोही आएनन्

कात्तिक २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ कात्तिक – प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा देशभर चुनावी रौनक बढेको छ । गाउँगाउँमा उम्मेदवारले मतदातासँग भोट माग्न विभिन्न तरिका अपनाउन थालेका छन् । तर काठमाडौंकै क्षेत्र ६ मा पर्ने काभ्रेस्थलीमा भने अझै चुनावी रौनकले प्रभाव पारेको छैन ।

Muktinath Bank

तारकेश्वर गाविसबाट नगरपालिका बनेको काभ्रेस्थली क्षेत्रका जनताले अहिलेसम्म चुनावले कुनै प्रभाव नपारेको बताए । सरकारले तारकेश्वर नगरपालिकाअन्तर्गत राखेपछि काभ्रेस्थलीका जनताले नगरपालिका बराबरको सुविधाको आशा राखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर काभ्रेस्थली भने बिस्तारै गाउँबाट शहर बन्ने प्रक्रियामा छ ।


Advertisment
Nabil box
Kumari

चुनाव नजिकिँदै गर्दा अझै पनि जनतामा चुनावी रौनकले भने छोएको छैन । ०७२ सालको भूकम्पले भत्काएका घरहरु अझै ठडिएका छैनन् । जग्गा धेरै हुनेले जग्गाको टुक्रा बेचेर केही घर बनाए पनि घरमात्र भएका जनता भने अझै पनि छाप्रोमा बस्दै आएका छन् ।

Vianet communication
Laxmi Bank

खेतमा घाँस जम्मा गर्दै गरिरहेका काभ्रेस्थलीका दिनानाथ अधिकारीले आफूलाई चुनावले कुनै प्रभाव नपारेको बताए । ‘धेरै खेत हुनेले जग्गा बेचेर घर बनाइसके, हामी नहुनेले सरकारले दिएको पैसाले जग हाल्न पनि सकेको छैनौं’, उनले थपे, ‘हामीलाई त चुनावभन्दा घरधन्दाकै कामले थिचेको छ ।’

आफूले जिताएका उम्मेदवारले काभ्रेस्थलीको विकास र निकासका लागि भूमिका खेल्नुपर्ने स्थानीय हरिप्रसाद न्यौपानेले बताए । ‘नगरपालिकाको कर तिरेका छौं, हामीले जिताएका प्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा यो क्षेत्रको विकास गरिदिए हुन्थ्यो’, खेतमा डुल्दै गरेका न्यौपानेले लोकान्तरलाई भने ।
काभ्रेस्थलीमा पानीको समस्या खासै नभए पनि यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने स्थानीय बताउँछन् । चुनाव आउन अझै केही दिन बाँकी रहँदा गाउँमा भोट माग्न भने कुनै पार्टीका उम्मेदवार पनि आएका छैनन् ।

दूरीका हिसाबाले काठमाडौंभन्दा केही टाढा पर्ने भएकाले पनि उम्मेदवार भोट माग्न नआएको स्थानीय बताउँछन् । ‘पहिले जिताएका मतदाताले पनि यो क्षेत्रमा खासै विकास गरेका छैनन्, त्यसैले पनि अहिले भोट माग्न नआएको हुनुपर्छ’, स्थानीयवासी नवराज पोखरेलले भने, ‘हुन त अझै चुनाव आउन बाँकी नै छ, चुनाव लागेपछि पालैपालो भोट माग्न आउने होलान् ।’


अहिले काभ्रेस्थलीमा कुनै पार्टीका झण्डा तथा पर्चा समेत देखिएको छैन । काभ्रेस्थलीकै सक्रिय कार्यकर्ता पनि अन्य क्षेत्रका जनतालाई रिझाउनतिर लागेका छन् । यस क्षेत्रमा चुनावी रौनक शून्य देखिएको छ ।
जिताएर पठाएका नेताले आफ्नो क्षेत्रका जनताको कुरा नसुन्ने बरु पार्टीले अर्कोपटक अर्को उम्मेदवारलाई उठाउने प्रवृत्तिले जनता अन्यौलमा देखिएका छन् । ‘भोट हालेर जितायो त्यसपछि कहिल्यै उम्मेदवारलाई देख्न पाइँदैन’, स्थानीय वृद्धा विष्णुदेवी अधिकारीले भनिन्, ‘हामीले आफ्नो क्षेत्रमा नगरे अरुको मुख हेरेर त के गर्नु, भूकम्पले भत्काएको घर बनाउन सकेका छैनौं, अर्काको खेत अधिँयामा लिएर गाई पालेका छौं, हामीलाई चुनावको दिनमा पनि चुनाव लाग्दैन ।’

काभ्रेस्थलीका धेरैजसो मतदातालाई उक्त क्षेत्रमा उठेका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको नाम समेत थाहा छैन । गाउँमा कसैले मतपत्रसम्बन्धि जानकारी पनि दिएका छैनन् । धेरैजसो मतदातामा भोट कसरी हाल्ने भन्ने समेत थाहा नभएको बताउँछन् । दिनानाथ अधिकारी भन्छन्, ‘कहिलेकाहीं एकदिन टिभीमा हेरेको त हो, तर हामीलाई भोट हाल्ने प्रक्रिया नै थाहा छैन, आजसम्म कसैले जानकारी पनि दिएको छैन ।’
प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंको क्षेत्र नम्बर ६ मा पर्ने यो क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट रक्षामन्त्री समेत रहेका भीमसेनदास प्रधान र वामपन्थी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी उम्मेदवार छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x