२७ जेठ २०८३, बुधबार
सुटुक्क अदालत पुगिन् विनु

निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही अदालतमा उपस्थित

पुस ७, २०८१
काठमाडौं
निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही अदालतमा उपस्थित
फाइल तस्वीर।

आपराधिक लाभको मुद्दामा मुछिएकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही अदालतमा उपस्थित भएकी छन् । 

प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा आफैं उपस्थित भएकी हुन् ।

शाहीलाई पक्राउ गर्न प्रहरीले सर्वाधिक खोजतलास गर्दै आएको भएपनि हालसम्म फेला पार्न सकेको थिएन ।  उनी प्रहरीलाई चक्मा दिँदै सुटुक्क अदालत पुगेकी हुन्। 

अदालत स्रोतका अनुसार न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको बयानका लागि पेसी तोकिएको छ । इन्द्र कुमार राईको जाहेरीले भीमा देवी थापासमेत ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो । सोही मुद्दामा शाही फरार थिइन् ।

उनी प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत रहेको बेला एक जना व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै हनिट्र्याप समूहसँग मिलेर रकम असुलेको आरोप छ । 

salt training

कमेन्ट गर्नुहोस्