२७ जेठ २०८३, बुधबार

निर्वाचनमा खटिने कर्मचारीको लागि तीन लाखको बीमा, मृत्यु भएमा २० लाख

कात्तिक २८, २०७४
निर्वाचनमा खटिने कर्मचारीको लागि तीन लाखको बीमा, मृत्यु भएमा २० लाख

काठमाडौँ, २८ कात्तिक - निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ । 

निर्वाचन आयोगका अनुसार बीमा अवधिभर कर्तव्यपालनाको सिलसिलामा घाइते भएमा उपचार गर्दा लागेको बिल बमोजिमको रकम र मृत्यु भएमा प्रतिव्यक्ति रु २० लाख पाउने व्यवस्था छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा आयोग पदाधिकारी तथा आयोग र सो अन्तर्गत कार्यरत कर्मचारी एंव मुख्य-निर्वाचन अधिकृतको कार्यलय र मतदान केन्द्रमा खटिने कर्मचारीले उक्त सुविधा पाउनेछन् । 

निर्वाचन स्वयंसेवक, निर्वाचन शिक्षामा खटिने कार्यकर्ता÷मतदाता शिक्षा स्वयंसेवक, मतदाता शिक्षा सुपरीवेक्षक, जिल्ला तालिम समन्वयकर्ता र निर्वाचन अनुगमनकर्ताले समेत उक्त सुविधा पाउने व्यवस्था गरिएको छ । 

त्यसैगरी निर्वाचनको घुम्ती टोलीमा खटिने कर्मचारी, मतगणनामा खटिने कर्मचारी, मतदान केन्द्र पुनरावलोकनमा खटिने कर्मचारी, निर्वाचन सामग्री व्यवस्थापनमा खटिने कर्मचारी र निर्वाचन विज्ञले पनि सो सुविधा पाउनेछन् । रासस

salt training

कमेन्ट गर्नुहोस्