
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध मुख्य चार कारोबारलाई आधार बनाएर सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
कास्की जिल्ला अदालतमा आइतबार जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा लामिछानेविरुद्ध कुल २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो कायम गरिएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गितेन्द्रबाबु राई (जीबी)को खातामा जम्मा भई लामिछानेको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको ७५ लाख रुपैयाँलाई बिगो कायम गरिएको छ ।
त्यसैगरी सोही सहकारीबाट लामिछानेको नाममा पेश्की जनाई गोरखा मिडियामा भुक्तान भएको ५० लाख रुपैयाँलाई पनि बिगो कायम गरिएको छ ।
त्यसैगरी सोही सहकारीबाट लामिछानेको नाममा गोरखा मिडियाको चेकमार्फत भुक्तानी भएको ५० लाख रुपैयाँलाई पनि बिगो कायम गरिएको छ ।
त्यसैगरी सोही सहकारीसमेतको रकम अपचलन गरी गोरखा मिडियामा रकम रकमान्तर भई लामिछाने शेयर धनी तथा प्रबन्ध निर्देशक भएको समय अवधिमा आएको २६ करोड १४ लाख ४४ हजार ७०५ रुपैयाँलाई पनि बिगो कायम गरिएको हो ।