
नार्गाजुन नगरपालिका भीमढुङ्गाकी स्मृति मगरातीको दुवै मिर्गौलाले काम गर्न छाडेको वर्षौँ भइसक्यो ।
२६ वर्षीया स्मृति हप्ताको तीन दिन आमा सावित्रीको सहयोगमा बनस्थलीस्थित राष्ट्रिय मिर्गौला केन्द्रको डायलसिस कक्षमा छिर्छिन् र चार/पाँच घण्टापछि बाहिरिन्छन् ।
शारीरिक रूपमा उनी हिँड्डुल गर्न सक्दिनन् । बिगत १० वर्षदेखि उनी डायलसिसको साहारामा बाँचिरहेकी छिन् ।
उनकी आमा सावित्री प्रश्न गर्छिन, 'हामीलाई थाहा नै छैन । तर यो दुःख बाँड्ने कोही भइदिए बोझ अलि कम हुन्थ्यो।'
सावित्रीको भनाइमा उनको परिवारले स्मृतिको उपचारमा धेरै खर्च गरिसकेको छ । 'अलि अलि भएको जायजेथा पनि बेचिसक्यौं। एक त दाता नै छैन । अर्को पैसा छैन,' उनले भनिन्, 'तर डायसिसको सहयोगले छोरीले आयु लम्ब्याउन चाहान्छौं । राज्यले डायलसिस निःशुल्क गरेको छ । तर, त्यससँग जोडिएका खर्च थेगी नसक्नु छ ।'
स्मृति अहिले टीबी र जण्डिसको दोहोरो सङ्क्रमणले थलिएकी छिन् । उनी र उनको परिवारले देश–विदेशमा रहने नेपाली तथा अन्य समुदायलाई सहयोगको अपिल गरेका छन् ।
सहयोग गर्ने चाहने व्यक्तिले (स्मृति मगराति, ग्लोबल आइएमइ बैंक, नागार्जन शाखा, खाता नं १६३०७०१००१४१००) र सम्पर्क नम्बर ९८६६४०७६६६ मा सम्पर्क गर्न सक्ने उनले बताइन् ।