२६ जेठ २०८३, मंगलबार

प्रचण्डले खलनायकको भूमिका खेलिरहेको बाबुरामको आरोप

पुस १९, २०८१
काठमाडौं
प्रचण्डले खलनायकको भूमिका खेलिरहेको बाबुरामको आरोप

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा– २ बाट निर्वाचित जनप्रतिनिधिले खलनायकको भूमिका खेलेको आरोप लगाएका छन् । 

२०७९ चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा– २ बाट विजयी भएका थिए । 

सामाजिक सञ्जाल फेसबूकमा शुक्रबार एक सन्देश लेख्दै उनले देश र लोकतन्त्र खतरामा परेका बेला गोरखाका जनप्रतिनिधि (प्रचण्ड) खलनायकको भूमिकामा देखा परेको टिप्पणी गरेका हुन् । 

२०७९ मा बाबुरामले आफू निर्वाचित हुँदै आएको क्षेत्र प्रचण्डलाई छाडेका थिए । 

‘वर्तमान नेपाल राज्यको उद्गमस्थल गोरखा लिगलिगकोटको फेदी पालुंगटारबाट मैले यतिबेला भित्री र बाहिरी तत्वहरूको अनुचित चलखेलबाट देश, लोकतन्त्र र जनजीवन गम्भीर संकटमा परेको (देखिरहेको छु) । त्यसमा गोरखा– २ बाट २०७९ मा चुनेर पठाएका जनप्रतिनिधिले समेत एउटा खलनायकको भूमिका खेलिरहेका छन्,’ बाबुरामले अगाडि लेखेका छन्, ‘अब सचेत जनताले बेलैमा यो सत्यतथ्य बुझेर देश, लोकतन्त्र र जनताको हितमा अग्रगामी विकल्प दिन आवश्यक रहेको लगायतका कुरा बताउन उचित र आवश्यक ठानेको हुँ र त्यसमा म दृढ छु, रहन्छु ।’

बिहीबार पालुङटारमा नयाँ शक्तिको नगर अधिवेशन उद्घाटन कार्यक्रममा भट्टराईले प्रमुख तीन दलका शीर्ष नेताका कारण देश रसातलमा पुगेको टिप्पणी गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्