कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
धरान, ३० कात्तिक–प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सुनसरीमा पाँच ‘हेभिवेट’हरु चुनावी मैदानमा छन् । मैदानमा हुनेहरुमा उपप्रधानमन्त्री तथा स्थानिय विकासमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीदेखी पूर्वपर्यटनमन्त्री तथा एमाले सचिव भीम आचार्यसम्म सुनसरीको मैदानमा छन् ।
एमालेका पूर्वउपाध्यक्ष तथा संघिय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राई पनि सुनसरीलाई नै रोजेका छन् । ४ क्षेत्र रहेको सुनसरीमा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभामा अर्थमन्त्री कार्की, ३ मा बिजयकुमार गच्छदार र १ को ख बाट प्रदेशसभामा एमाले सचिव आचार्य उठेका छन् ।
यसैगरि सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई चुनावमा छन् । विगतको चुनावी परिणामका आधारमा सुनसरीका सबैभन्दा धेरै असुरक्षित र चुनावी गठबन्धनको मतको धेरै अन्तरको अवस्था अशोक राईकै छ ।
अशोक राईलाई यो चुनाव कतिपय राजनीतिक विश्लेषकको भनाइमा ‘गर’ या ‘मर’को अवस्थामा छ ।
१५ हजारको मतले पछि रहेको गठबन्धनबाट उम्मेदवार
नेपाली कांग्रेसको समर्थनमा प्रतिनिधि सभाकोलागी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका अशोक राईको गठबन्धको मत वाम गठबन्धन भन्दा १५ हजार कम छ । १ लाख २२ हजार ६ सय ८ मतदाता रहेको सुनसरीको संघीय सांसद हुनलाइ राईको गठबन्धनको मत पनि कम छ ।
पछिल्लो स्थानिय चुनावको आधारका सुनसरीका क्षेत्र नम्बर १ मा एमालेको ३० हजार १ सय ३८ मत आएको देखिन्छ भने कांग्रेसको मत २३ हजार २४ मत आएको थियो । यसैगरी माओवादी केन्द्रको १२ हजार ७ सय ४० मत आएको थियो ।
नयाँ शक्तिसँग मिलेर स्थानीय चुनावमा उत्रेको समाजवादी फोरमको भने ५ हजार ५ मत आएको देखिन्छ । यसरी वाम गठबन्धनको कुल मत ४२ हजार ८ सय ७८ हुन आँउछ भने कांग्रेस र समाजवादी फोरमको मत २८ हजार २९ रहेको छ ।
अशोक राई उम्मेदवार बनेको लोकतान्त्रिक गठबन्धन १४ हजार ८ सय ४९ मतले बाम गठबन्धनभन्दा पछाडि छ ।
आफ्नै 'जुनियर' पूर्व कार्यकर्ताको चुनौती
धेरैले धरान क्षेत्रमा पर्ने सुनसरी १ को प्रतिनिधिसभामा उठेका अशोक राई र उनका प्रतिस्पर्धी एमाले जिल्ला नेता जयकुमार राईलाइ गुरु चेला भनेर चर्चा गरेका छन् ।
तर, उनीहरु गुरुचेला नभएर एकै पार्टीमा हुँदाका सिनियर र जुनियर मात्रै भएको अशोक राईका चेला भनेर चिनाइएका जयकुमार राई बताँउछन् ।
उनी भन्छन, ‘म अशोक राईले उत्पादन, प्रशिक्षण र संगठन गरेर बनेको हैन तर विभिन्न पार्टी कार्यक्रमहरुमा जम्काभेट र कुराकानी भने हुन्थ्यो ।’
अशोक राई र जयकुमार राईको सांगठनिक धागो भने पुरानै हो । जब २०५४ सालमा एमाले फुटेर माले बन्दा अशाोक बामदेव गौतम र सिपी मैनाली नेतृत्वको मालेका शक्तिशाली स्थायी कमिटमा थिए ।
पार्टीको शक्तिशाली स्थायी कमिटी सदस्य अशोक राई हुँदा जयकुमार राई सुनसरीको मालेको विद्यार्थी संगठनका नेता थिए ।
एमालेमा फर्केर आएपछि पनि अशाक राई एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य भएर उपाध्यक्षसम्म भए । वामदेव गौतम र अशाक राईसँगै एमालेमा आएका जयकुमार राई पनि सुनसरी एमालेको सचिवालय सदस्य सम्म भए ।
२०६५ को फागुन ५ देखी १४ गते सम्म बुटवलमा भएको महाधिवेशनमा अशोक राई केन्द्रीय उपाध्यक्ष बन्दा जयकुमार राई हाल मेयर रहेका तारा सुब्बा नेतृत्वको धरान नगरकमिटीका उपाध्यक्ष थिए ।
यसरी आफूभन्दा धेरै जुनियर कार्यकर्ता नै आफ्नो खरो प्रतिस्पर्धी पाएका राईलाइ आफ्नो ‘पोलिटिकल प्रोफाइल’ जोगाउन सजिलो नभएको स्वयं लोकतान्त्रिक गठबन्धनका नेताहरु बताँउछन् ।
तर, राई भने आफूले धरानमा धेरै कार्यकर्ताहरु उत्पादन गरेको भन्दै त्यही जनआधारमा आफ्नो जित हुने बताँउदै आएका छन् ।
वामपन्थी बाहेकले नजित्ने धरान र खोटाङ बाहिर हार्ने अशोक राईको विगत
अशोक राईको चुनावी विगत र धरान केन्द्रीत सुनसरी १ को विगतका सबै उदाहरण पनि रोचक छन् । धरानमा वामपन्थी मात्रैले जित्दै आएको क्षेत्र हो ।
४८, ५१, ५६, ६४ र ७० का सबै चुनावमा वामपन्थीले जित निकालेका छन् । ४८ सालमा धरान बाहिरका एमाले नेता मनोमोहनले जित निकालेको धरानमा २०५१ र ५६ मा प्रत्यक्ष चुनावमै दुइ महिलाले पनि एमाले बाटै जित निकालेका हुन ।
५१ सालमा धरानबाट चुनाव जित्ने लिला श्रेष्ठ सुब्बा प्रथम महिला उपसभामुख समेत भइन भने ५६ सालमा चुनाव जित्ने कुन्ता सर्मा संसद इतिहासमै पहिलोपटक संसदमा कविता बाचन गर्ने चर्चित कवि र सांसद हुन ।
यसैगरी २०६२÷६३ सालको दोश्रो जनआन्दोलनपछिका पहिलो ६४ सालको चुनावमा तत्कालिन माओवादीका किरन राइले जितेको क्षेत्रमा ७० सालमा पूर्व पन्च समेत रहेका एमालेका कृष्णकुमार राईले जितेका थिए ।
यसरी वाम मात्रैले जित निकाल्दै आएको धरानको विगत जस्तै एमालेबाट मात्रै प्रत्यक्ष चुनाव जितेको विगत छ अशोक राईको ।
२०४८ र ५१ सालमा एमालेबाट खोटाङमा संसदीय चुनाव लडेका अशोक राईले दुवैमा जित निकाले । २०५६ सालमा एमाले फुटेर बनेको मालेबाट चुनाव लडेका राईले चुनाव हारे ।
यस्तै माओवादीको चरम लोकप्रियता भएको २०६४ को चुनावमा भने राई उदयपुरबाट पराजित भएका थिए । २०७० सालमा एमाले फुटाएर बनेको संघीय समाजवादी पार्टीमा भने समानुपातिकमा बसेर अशोक राईले आफ्नो संविधानसभा सदस्य सिट जोगाएका थिए ।
कस्तो होला अशोक राईको राजनितिक भविष्य?
राई हालसम्म कुनै भ्रष्टाचार प्रकरणमा मुछिएका छैनन् । कसैलाई बिझ्ने असभ्य भाषण पनि अशोक राईले गर्दैनन् । तर, लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री भएको समयमा संसदीय व्यवस्था मन्त्री र राजा कालमा एमालेले प्रतिगमन आधा सच्चियो भनेर मन्त्रीमण्डलमा प्रवेश गरेको समयमा राई स्वास्थ्य मन्त्री समेत भएका थिए ।
पार्टीको प्रोफाइलमा पनि उनी माले र एमालेमा हुँदै पनि शक्तिशाली थिए । मालेका स्थायी समिति सदस्य र एमालेका वैकल्पिक पोलिटब्युरोबाट २०६५ सालको वुटवल अधिवेशनबाट सिधै उपाध्यक्ष भएका राईले सबैभन्दा धेरै मत पनि पाएका थिए ।
१२८ मतले केपी ओलीलाई हराएर ९४३ मत ल्याएर एमाले अध्यक्ष भएका झलनाथ भन्दा धेरै मत राईले ल्याएका थिए । १ हजार २ सय १ मत ल्याएर अशोक राई सबैभन्दा लोकप्रिय बिजेता थिए ।
२०६९ सालमा एमालेले ‘पहिचान’ अस्विकार गरेको आरोप लाँउदै अशोक राईले संघिय समाजवादी पार्टीको स्थापना गरेका थिए । समाजवादी पार्टी स्थापनाको धेरै समय नवित्दै २०७२ साल जेष्ठ ३२ गते राईले आफ्नो पार्टीको एकिकरण उपेन्द्र यादव नेतृत्वको मधेशी जनआधिकार फोरमसँग गरे ।
त्यो एकिकरण पनि कुनै बेला एमालेकै जुनियर कार्यकर्ता रहेका उपेन्द्रलाई राईले अध्यक्ष स्विकार गरे ।
समाजवादी पार्टी अध्यक्ष हुँदा कांग्रेस र एमालेलाइ पहिचान विरोधी भन्दै हरेक सभामा भाषण गर्ने राई आज आफै कांग्रेस गठबन्धनबाट चुनावी उम्मेदवार छन् ।
एमाले र मालेमा रहँदा धरान क्षेत्रमा बलियो वामपन्थी आधार इलाका बनाउन धरान आउने राई आज लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भएर चुनावमा छन् ।
यो पटक दबाबमा आएर हतारमा राईले धरान छानेको समाजवादी फोरमकै नेताहरुले बताँउछन् । समानुपातिकमा बसेर पार्टीको चुनावी कमाण्ड नेतृत्व गर्ने सोचेका राईलाइ मधेशी मुलका समाजवादी फोरम नेताहरुले प्रत्यक्षमा नै उठ्न दबाब दिएको राई निकट समाजवादी फोरमको विद्यार्थी संगठनका एक नेता बताँउछन ।
पहाडका हेभिवेट चाहि समानुपातिक बस्ने तर मधेशका भने प्रत्यक्ष चुनाव लढ्ने कुरा अस्विकार हुने भन्दै राईलाइ प्रत्यक्ष चुनाव लढ्न दबाब बढेको विद्यार्थी नेताले बताए ।
यसरी विभिन्न तीन पार्टीमा राजनीति गरेका राइको यो छैठौं चुनावी उम्मेदवारी हो । जसमा उनले ३ पटक एमाले, १ पटक माले र १ पटक समाजवादी पार्टीको उम्मेदवार भएर चुनावमा जित र हारको स्वाद लिइसकेका छन् ।
अशोक राइलको यो चुनावी जित÷हारले उनको आगामी संसदीय र राजनीतिक भविष्यको उचाई कता पुग्ने भन्ने छिनोफानो हुने उनकै पार्टीका नेताहरुले बताउँछन् ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...