२७ जेठ २०८३, बुधबार

प्युठानको सरुमारानीमा ​नवजात शिशुको शव फेला

माघ ३, २०८१
बुटवल
प्युठानको सरुमारानीमा ​नवजात शिशुको शव फेला

प्युठानको सरुमारानी गाउँपालिका– २ दर्भानमा ​नवजात शिशुको शव फेला परेको छ । सालनालसमेत नकाटिएको अवस्थामा बिहीबार शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

फोहोर संकलन गर्न राखिएको डस्टबिनमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले शिशु बेवारिसे भेटिएको र स्थानीय दर्भान प्रहरी चौकीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए ।

शिशु कसले फालेको भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको प्रवक्ता केसीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्