२६ जेठ २०८३, मंगलबार

बेरुजु घटाउन आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन आवश्यक : मन्त्री यादव

माघ ३०, २०८१
काठमाडौं
बेरुजु घटाउन आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन आवश्यक : मन्त्री यादव

खानेपानी मन्त्री प्रदीप यादवले बेरुजु आउन नदिनेगरी आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन आवश्यक रहेको बताएका छन् ।

बुधबार पोखराको लेकसाइडमा आयोजित शासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठीको उद्‌घाटन गर्दै मन्त्री यादवले वित्तीय अनुशासन कायम गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउनुपर्ने बताए ।

गण्डकी, बागमती र लुम्बिनी प्रदेशका खानेपानी हेर्ने कार्यालयसहितको कार्यशालामा उनले भने, 'बेरुजु आउन नदिन हामी सबै मिलेर काम गर्नु पर्छ । त्यसका लागि आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन आवश्यक छ ।'

यसैगरी उनले उत्पन्न बेरुजुलाई यथासीघ्र फर्स्यौट गर्नुपर्नेमा  जोड दिए  । 'असुल उपर गर्नु पर्ने बेरुजुलाई कठोर ढङ्गले लाग्न जरुरी छ । अब बेरुजु नै नआउन दिनेगरी काम गर्नुपर्छ,' उनले भने ।

सरकारको १६ औं योजनाले लिएको लक्ष पूरा गर्नलाई संघ र प्रदेशको उत्तिकै भूमिका रहेकाले खानेपानीका आयोजना छनोट गर्दा दोहोरोपन नहुनेगरी छनोट गर्नसमेत मन्त्री यादवले आग्रह गरे । 

'संघ र प्रदेशबाट आयोजना कार्यान्वयन गर्दा विद्यालयहरू र स्वास्थ्य संस्थाहरू लगायतमा अनिवार्य रूपमा खानेपानीको पहुँच पुर्‍याउनु पर्नेछ । आयोजना छनोट गर्दा दोहोरोपना हुनुहुँदैन,' उनले भने ।

null

मन्त्री यादवले वित्तीय अनुशासन, पारदर्शिता, र प्रभावकारी बजेट व्यवस्थापन कुनै पनि संस्थाको सुशासनका आधारभूत तत्व भएका बताए । 

'महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार, नेपालमा बेरुजु फर्छ्यौट गति अपेक्षाकृत सुधार हुन सकेको छैन । खानेपानी मन्त्रालय अन्तर्गतका परियोजनाहरूमा पनि वित्तीय व्यवस्थापनमा देखिएका केही चुनौतीहरूका कारण खर्च असङ्गति (बेरुजु) न्यूनीकरण गर्न आवश्यक छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्