२७ जेठ २०८३, बुधबार

नेपालमा टियागो ईभी २०२५ मोडलको डेलिभरी शुरू

फागुन २, २०८१
काठमाडौं
नेपालमा टियागो ईभी २०२५ मोडलको डेलिभरी शुरू

थप फिचर्स, थप प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरको साथ पुरानै मूल्यमा टियागो ईभी २०२५ मोडलको डेलिभरी शुरू भएको छ।  

भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो ईभी २०२५को बुकिङका साथै डेलिभरी शुरू गरेको हो ।

उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्ता-मैत्री सुविधा एवं अन्य धेरै नयाँ डिजिटल विशेषताको साथ टियागो ईभी २०२५ मोडल पुरानै शुरूआती मूल्य २७.४९ लाखमा नेपालमा आएको छ।  

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवाल भन्छन्, 'नेपालमा हाम्रा विद्युतीय सवारीसाधनहरूको भव्य सफलताले हामीलाई  नयाँ २०२५ टियागो ईभी प्रस्तुत गर्न उत्प्रेरित गरेको हो । टाटा टियोगो ईभी आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ । त्यसैले टाटा मोटर्स पूर्ण आशावादी छ कि २०२५ टियागो ईभीले आफ्नो विरासत कायम राख्दै विगतझैँ नेपालकै सबैभन्दा बढी बिक्री हुने विद्युतीय ह्याचब्याक बनिरहने छ।'​

कम्पनीका अनुसार नयाँ टियागो ईभी २०२५ मोडलमा ग्राहकहरूले २६.०३ सेमीको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमलगायत वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा लिन सक्नेछन् । 

सुरक्षाको दृष्टिकोणले दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, र हिल होल्ड कन्ट्रोल जस्ता विशेषताहरु यसमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्