२७ जेठ २०८३, बुधबार

एकनाले भरुवा बन्दुकसहित २ जना पक्राउ

फागुन ५, २०८१
तनहुँ
एकनाले भरुवा बन्दुकसहित २ जना पक्राउ

तनहुँमा एकनाले भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा देवघाट गाउँपालिका- ४ आमडाँडाका ६१ वर्षीय संखवीर गुरुङ र सोही गाउँपालिका- ४ खोडेका ६८ वर्षीय कृष्णबहादुर गुरुङ छन् ।

उनीहरूलाई एकनाले भरुवा बन्दुक ३ थानसहित सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई  पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्