२६ जेठ २०८३, मंगलबार

परराष्ट्रमन्त्री देउवा जेनेभा जाने

फागुन ८, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री देउवा जेनेभा जाने

परराष्ट्रमन्त्री आरजु राणा देउवा स्विट्जरल्याण्डको जेनेभा जाने भएकी छिन् ।  

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं नियमित सत्र अन्तर्गत फागुन १२ देखि १४ गतेसम्म जेनेभामा आयोजना हुने ‘हाइलेभल सेग्मेन्ट’मा भाग लिन देउवा त्यहाँ जान लागेकी हुन् । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको हो । बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्