२६ जेठ २०८३, मंगलबार

दूरसञ्चारको नीति र ऐन परिमार्जन आवश्यक छ : सञ्चारमन्त्री गुरुङ

फागुन ८, २०८१
काठमाडौं
दूरसञ्चारको नीति र ऐन परिमार्जन आवश्यक छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दूरसञ्चारको नीति र ऐन परिमार्जन आवश्यक भएको बताएका छन् । नयाँ नीति निर्माणमार्फत दूरसञ्चारको रुपान्तरण गर्न मन्त्रालय सक्रिय रहेको उनले बताए । 

ललितपुरमा आज आयोजित दूरसञ्चार सम्बन्धी एक कार्यक्रममा मन्त्री गुरुङले मन्त्रालयले यो वर्षभित्र दूरसञ्चारको पुरानो ऐन संशोधन गरेर नयाँ ऐन ल्याउने बताए । 

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नीति परिमार्जनसँगै दूरसञ्चारको गति प्रभावकारी बनाउन ‘टेक्नोलोजी जेनेरेसन’ पच्छाउनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्