२७ जेठ २०८३, बुधबार

बाबुले गरे छ महिने छोराको हत्या

मंसिर ७, २०७४
बाबुले गरे छ महिने छोराको हत्या

जुम्ला, ७ मंसिर - यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको हत्या गरेका छन् । 

बीस वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार छोराको टाउकोमा ढुंगाले किचेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी  दिए 

एक वर्षअघि कतार बसेर आएका उनले लेखेको सुसाइड नोटमा छोरालाई मारी आफू पनि मरेर श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख भएको उहाँले बताए ।

हिरासतमा रहेका उनलाई अहिले कर्तव्य ज्यानअन्तर्गतको मुद्दा अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्