२६ जेठ २०८३, मंगलबार

पृतनापति समन्वयात्मक बैठक सम्पन्न

फागुन ९, २०८१
काठमाडौं
पृतनापति समन्वयात्मक बैठक सम्पन्न

पृतनापति समन्वयात्मक बैठक- २०८१ सम्पन्न भएको छ ।

जङ्गी अड्डामा सञ्चालित समन्वयात्मक बैठक शुक्रबार सम्पन्न भएको सेनाले जनाएको छ ।

बैठकको समापनमा सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले सकलदर्जाको सामूहिक भावना तथा एकढिक्कापनमा जोड दिए ।

सेनाको व्यावसायिकता अभिवृद्धि गर्दै देश र जनताको सेनाप्रतिको अपेक्षा पूरा गर्न सकलदर्जाले जिम्मेवार भई काम गर्नुपर्ने उनको भनाइ थियो ।​

गौरवपूर्ण नेपाली इतिहासको अध्ययन, अध्यापन र जगेर्नामा टेवा पुग्ने कार्यक्रमहरू लागू गर्न समेत प्रधान सेनापतिले जोड दिए ।

बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्ष लगायत विविध विषयहरूमा छलफल गरिएको थियो ।

पृतनापति समन्वयात्मक बैठकको समापन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीबृन्द लगायत अधिकृतहरूको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्