
उत्तरी मेसेडोनियाको एक नाइट क्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा ५९ जनाको मृत्यु हुनुका साथै १५० भन्दा बढी घाइते भएका छन् ।
यस मामिलामा १० जनालाई पक्राउ गरिएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन् ।
देशको पूर्वी भागको कोकनी सहरमा रहेको पल्स क्लबमा स्थानीय समय अनुसार बिहान २:३० बजे आगलागी भएको हो ।
म्यासेडोनियाको लोकप्रिय डीएनके ब्यान्डको कन्सर्टमा सहभागी हुन करिब ५०० जना आएका थिए ।
सरकारी वकिलको कार्यालयका प्रवक्ताले ब्यान्डका एक सदस्य मात्र बाँचेको र उनको अस्पतालमा उपचार भइरहेको बताए ।