२६ जेठ २०८३, मंगलबार

संविधानको रक्षाका लागि गणतन्त्रवादी एक ठाउँमा उभिनुपर्छ : यादव

चैत १५, २०८१
काठमाडौं
संविधानको रक्षाका लागि गणतन्त्रवादी एक ठाउँमा उभिनुपर्छ : यादव

नेपाल समाजवादी पार्टीका नेता महिन्द्रराय यादवले संविधानको रक्षाको लागि गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन् । 

गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले गरेको प्रदर्शनपछिको सभामा यादवले यस्तो बताएका हुन् । 

‘संविधान र गणतन्त्रको रक्षाका लागि परिवर्तनकामी शक्ति एकजुट हुनुपर्छ,’ यादवले भने, ‘भएको भएको उपलब्धि रक्षा गर्न हामी एकजुट हुनुपर्छ ।’

देशमा कमिसन खोर बढेको, भ्रष्टाचार बढेको भन्दै उनले सरकारलाई समेत सचेत गराएका छन् । 

संविधानको कार्यान्वयन, संघीयतामा अधिकार प्रत्यायोजनमा सरकारले प्रभावकारी काम गर्नुपर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्