२७ जेठ २०८३, बुधबार

दुर्गा प्रसाईंलाई खोज्दै प्रहरी

चैत १५, २०८१
काठमाडौं
दुर्गा प्रसाईंलाई खोज्दै प्रहरी
फाइल फोटो

राजावादीको प्रदर्शनको नाइके दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउको तयारी गरेको छ । 

उनी तीनकुने क्षेत्रमा झडप भएपछि गाडी चढेर फरार भएका थिए ।

प्रसाईंलाई जसरी पनि नियन्त्रणमा लिन प्रहरी भित्र सर्कुलर जारी गरिएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार प्रसाईंको खोजीको लागि प्रहरी परिचालन भइसकेका छन् । 

गृहमन्त्री रमेश लेखकले अराजक प्रसाईंलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी नेतृत्वलाई निर्देशन दिएसँगै प्रहरी खटिएको हो ।

काठमाडौं, ललितपुर, भक्तपुरका तीन वटै प्रहरी प्रमुखलाई प्रसाईं पक्राउका लागि अलर्ट रहन निर्देशन दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्