२७ जेठ २०८३, बुधबार

सभामुखलाई भेटेर रविले के भने ?

चैत १९, २०८१
काठमाडौं
सभामुखलाई भेटेर रविले के भने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवाको लागि ध्यानाकर्षण गराएका छन् । 

उपसभापति डीपी अर्याल र केही सांसदहरूसहित मंगलबार बिहान संसद् सचिवालय पुगेका उनले आफ्नो निलम्बन गैरकानूनी र राजनीतिक प्रतिशोधपूर्ण रहेको भन्दै फुकुवा गरिदिन आग्रह गरेका हुन् । 

संसद्‌को विषय संसद्‌बाटै निरुपण होस् भन्ने आफूले चाहेको उनले बताए । ‘जन्मिनुभन्दा अघि बुवाको सम्पत्ति र विवाहभन्दा अघि श्रीमतीको सम्पत्तिलाई कसुर मानेर सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भनेर दूषित मनसाय राखेर दर्तामात्र गरिएको अदालतमा टेकाइएको मुद्दाको आधारमा निलम्बन हुनु हुँदैन भनेर भनेको छु,' उनले भने, 'भोलि सरकार परिवर्तन हुँदा अरूको मात्र होइन, आफ्नै दलका विरोधी सांसद पनि राजनीतिक हतियार बन्न सक्ने कुरामा ध्यानाकर्षण गरायौं । सकारात्मक छलफल भयो । उहाँले यसबारे म थप छलफल गर्छु भन्नुभएको छ । चितवनका जनताले २/२ पटक भोट दिएर पठाएका छन् मेरो सांसद पद कसरी खाली हुन्छ ?’

यसअघि हिउँदे अधिवेशन शुरू हुनुभन्दा अघि पनि उनले सभामुखलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवाको लागि सभामुखको ध्यानाकर्षण गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्