२६ जेठ २०८३, मंगलबार

तीनकुने घटनाका थप दुई आरोपी पक्राउ

चैत २६, २०८१
काठमाडौं
तीनकुने घटनाका थप दुई आरोपी पक्राउ

काठमाडौंको तीनकुनेमा यही चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । 

तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्य विरुद्धको कसुर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ  गरेको हो ।

पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका घर भएका ४५ वर्षीय दिल कुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरूविरुद्ध आपराधिक उपद्रव कसुर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट दिन २० (बीस) को मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी, अपिलराज बोहोराले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्