२६ जेठ २०८३, मंगलबार

मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते, निबुवाटारमा गुडिरहेको गाडीमा आगो लाग्यो

बैशाख ४, २०८२
काठमाडौं
मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते, निबुवाटारमा गुडिरहेको गाडीमा आगो लाग्यो

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस आज बिहान सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइतेहरूको चितवन अस्पतालमा उपचार भैरहेको कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । 

बस चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच, कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको गाडीमा आगलागी भएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको र त्यसबाट गाडी पूर्ण रुपमा जलेको उनले बताए । आगलागीबाट मानवीय क्षति भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्