कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
टिकलीगढ, खैरिया १३ मंसिर– पञ्चायतको समयदेखि प्रजातन्त्र र गणतन्त्रमासमेत सत्ताका माहिर खेलाडी दीपक बोहराले रुपन्देही ३ मा वामपन्थी उम्मेदवारलाई चुनौती दिइरहेका छन् ।
यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका बौद्धिक नेताको छवी बनाएका घनश्याम भुसाल चुनावी प्रतिष्पर्धामा छन् । बोहरा कांग्रेस नेतृत्वको शेरबहादुर देउवा सरकारका बहालवाला मन्त्री हुन भने भुसाल एमालेका उपमहासचिव हुन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका बोहरालाई यसपटक नेपाली कांग्रेसको समर्थन छ । बिगतमा बालकृष्ण खाँडले चुनाव जितेको क्षेत्र पनि अहिले क्षेत्र नम्बर २ मा परेको छ । बोहोराले भैरहवा आसपासको क्षेत्र आफूले देख्न लायक बनाएको दावी गर्छन् ।
‘२०३७ सालदेखि यो क्षेत्रको विकासका लागि निरन्तर खटिएको छु, यो क्षेत्रमा बनेका बाटो, पुल र सिंचाइका नहर मेरै योगदान हुन्’ बोहोराले दावी गरे । उनले वामपन्थी गठनबन्धनका कारण आफूले दवाव महसुश नगरेको दावी गरे ।
‘वामपन्थी गठबन्धन हौवा मात्र हो, फेरिपनि कांग्रेस पहिलो पार्टी बन्छ र लोकतान्त्रिक गठबन्धनको सरकार बन्छ हेर्दै जानुहोला’ बोहोराले दाबी गरे ।
गत संविधानसभा निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिाकामा नेकपा एमाले विजयी भएको थियो । एमाले र माओवादीको भोट जोडदा वामपन्थीको पल्लाभारी देखिन्छ । प्रदेश सभातर्फ बामपन्थी गठबन्धनका तर्फबाट माओवादीका विश्वास बराल र एमालेका तुलसीप्रसाद चौधरी चुनावी प्रतिष्पर्धामा छन् ।
नेपाली कांग्रेसको तर्फबाट देवि चौधरी र हरिध्वज मल्ल प्रदेश सभाका उम्मेदवार छन् । संघीय समाजवादी फोरमले प्रतिनिधि सभातर्फ महेन्द्र यादव तथा राष्ट्रिय जनमुक्ति पार्टीले सूर्यकुमार सारु मगर र राष्ट्रिय जनमोर्चाले भानु केसीलाई उम्मेदवार बनाएको छ ।
२०७० सालको संविधानसभा चुनावमा एमाले नेता भुसाल कांग्रेसका बालकृष्ण खाँडसंग झिनो मतअन्तरले पराजित भएका थिए । यसपटक भने चुनाव जित्नेमा भुसाल विश्वस्त छन् ।
बामपन्थी र लोकतान्त्रिक गठबन्धनबीच तीब्र प्रतिष्पर्धा रहेको स्थानीय मतदाताहरु बताउछन् । पाँच नम्बर प्रदेशको राजधानी बुटवल कि दाङ भन्ने बिषय पनि यहाँको चुनावी एजेण्डा बनेको छ ।
स्थानीय मतदाता रामप्रित हरिजन विकास गर्ने नेतालाई आफूहरुले भोट दिने बताए ।
तर स्थानीय चुनावको अंक गणितको आधारमा बोहोराभन्दा भुसाल अगाडि छन् । राप्रपा र कांग्रेसको भन्दा एमाले र माओवादीको भोट झण्डै पाँच हजारले बढी छ । बोहोराले आफूले चुनाव जित्ने दावी गरेपनि भुसाले चाहिँ सचेत मतदाताको मतका आधारमा आफूले चुनाव जित्ने दावी गरे ।
चुनावी कार्यक्रमहरुमा निकै व्यस्त रहेका भुसालले मतदाता प्रभावित गर्ने भित्री खेलहरु नभएमा आफ्नो जीत सुनिश्चित भएको दावी समेत गर्ने गरेका छन् । विकट क्षेत्रका मत प्रभावित हुन सक्ने भएकोले एमालेले विभिन्न रणनीति प्रयोग गरेर वाच समेत गरिरहेको छ । मतदाताले सफा चरित्र भएको व्यक्तिलाई भोट दिने अपेक्षा समेत भुसालले गरेका छन् ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...