२६ जेठ २०८३, मंगलबार
गृहको विज्ञप्ति

निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको राप्रपालाई गृह मन्त्रालयको चेतावनी

बैशाख ६, २०८२
काठमाडौं
निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको राप्रपालाई गृह मन्त्रालयको चेतावनी

गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ ।  यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारवाही हुने मन्त्रालयले चेतावनी दिएको छ । 

 साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । 

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आइतबार राजधानीमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्