२६ जेठ २०८३, मंगलबार

सिंहदबारभित्रै रोकिए ज्ञानेन्द्र शाहीसहित राप्रपाका ४ नेता

बैशाख ७, २०८२
काठमाडौं
सिंहदबारभित्रै रोकिए ज्ञानेन्द्र शाहीसहित राप्रपाका ४ नेता

आइतबार काठमाडौंको बबरमहल क्षेत्रमा प्रदर्शनमा सहभागी हुन लागेका चारजना नेतालाई संसदीय दलबाट बाहिर निस्किन प्रहरीले रोक लगाएको आरोप नेताहरूले लगाएका छन् ।

संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका ४ नेतालाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रोकिएको हो । 

शाहीले आफूहरूलाई बाहिर निस्कन नदिइएको लोकान्तरसँग बताए ।

शाहीका अलावा सांसदहरू ध्रुवबहादुर प्रधान, दीपकबहादुर सिंह र विना जैसवाल पनि भित्रै छ ।

‘प्रदर्शनमा जाने तयारी गर्दैगर्दा प्रहरीले हामीलाई कार्यालयबाट बाहिर निस्किन दिएको छैन,’ शाहीले लोकान्तरसँग भने ।

नेताहरू संसदीय दलअघि जम्मा भएर प्रदर्शनमा सहभागी हुन जान लागेका थिए ।

राप्रपाले आइतबार काठमाडौंको बबरमहल क्षेत्रमा निषेधाज्ञा तोड्ने तयारीसहित प्रदर्शन गर्दैछ ।

बबरमहलमा बुद्धिमान तामाङलगायतका नेता सहभागी भए पनि अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेता भने आइपुगेका छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्