२६ जेठ २०८३, मंगलबार

पहलगाममा हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

बैशाख १५, २०८२
सुनसरी
पहलगाममा हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलापछि सुनसरीको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । 

खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । 

जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए । 

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्