२७ जेठ २०८३, बुधबार

चट्याङ लागेर गोरखामा एक जनाको मृत्यु, दुई घाइते

बैशाख १५, २०८२
गोरखा
चट्याङ लागेर गोरखामा एक जनाको मृत्यु, दुई घाइते

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चट्याङ लागेर मुत्यु हुनेमा शहीद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिए ।

आइतबार साँझ अन्दाजी ७:५० बजे घरमा बसिरहेका बेला एक्कासि परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए । 

मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ । त्यस्तै  आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले, १८ वर्षीया विपना आले घाइते भएका छन् । घाइते दुवैजनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्