२६ जेठ २०८३, मंगलबार

तीनथरि वायुको प्रभाव : आज यी क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना

बैशाख १७, २०८२
काठमाडौं
तीनथरि वायुको प्रभाव : आज यी क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना

हाल कोशी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्का हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना छ। लुम्बिनी प्रदेशको तराईं क्षेत्रमा हावाहुरीसमेत चल्न सक्ने छ ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्