
शनिबार हुने भनिएको अमेरिका-इरान आणविक सम्झौतामा चौथो चरणको वार्ता हाललाई स्थगित गरिएको छ।
दुई देशबीचको वार्तामा मध्यस्थता गरिरहेका ओमानी विदेशमन्त्री बद्र अल्बुसैदीले यो जानकारी दिएको बीबीसीले जनाएको छ । मे ३ का लागि तय भएको अमेरिका-इरान बैठक स्थगित गरिएको उनले उल्लेख गरेका छन् ।
बैठकको अर्को मिति दुवै देशको आपसी सहमतिमा घोषणा गरिनेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबै देशहरूलाई इरानबाट तेल किन्न बन्द गर्न वा थप अमेरिकी प्रतिबन्धहरूको सामना गर्न तयार रहन चेतावनी दिएका छन् ।