२६ जेठ २०८३, मंगलबार

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

असार ५, २०८२
डडेल्धुरा
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

सर्पले डसेर डडेल्धुरामा एक किशोरको ज्यान गएको छ । सर्पले डसेर जिलालाको परशुराम नगरपालिका–७ की १३ वर्षीय किशोर प्रकाश भट्टराईको ज्यान गएको हो । 

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका  प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । 

तत्काल अस्पताल पुर्‍याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशंकर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । 

salt training

कमेन्ट गर्नुहोस्