२६ जेठ २०८३, मंगलबार

कञ्चनपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

असार १८, २०८२
कञ्चनपुर
कञ्चनपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपले ठक्कर दिँदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ । 

विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई मङ्गलबार राति ठक्कर दिएको थियो ।  

जीपको ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भीमदत्त नगरपालिका–४ गोवरियाका स्थायी बासिन्दा चन्द दैजीमा हार्डवेयर पसल सञ्चालन गर्थे । 

salt training

कमेन्ट गर्नुहोस्