२६ जेठ २०८३, मंगलबार

एएफसी महिला एसियन कप छनोट : साम्बाको लगातार दोस्रो ह्याट्रिक, नेपाललाई ६ गोलको अग्रता

असार १८, २०८२
काठमाडौं
एएफसी महिला एसियन कप छनोट : साम्बाको लगातार दोस्रो ह्याट्रिक, नेपाललाई ६ गोलको अग्रता

एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बुधबार नेपाली टोलीले पहिलो हाफमा श्रीलंकासँग ४–० गोलको अग्रता लिएको छ ।

नेपाली टोलीका लागि सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरिन् । अर्को एक गोल रश्मीकुमारी घिसिङले गरिन् ।

दोस्रो हाफको खेल पनि शुरू भएको छ । दोस्रो हाफमा ६१ मिनेटको खेल सकिँदा नेपालले ६-० को अग्रता बनाएको छ ।

जारी प्रतियोगितामा कप्तान साम्बले गरेको यो दोस्रो ह्याट्रिक हो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलको फराकिलो अन्तरले हराएको थियो । त्यो खेलमा पनि साम्बाले ह्याट्रिकसहित चार गोल गरेकी थिइन् । 

जारी प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । उक्त समूहमा नेपाल र श्रीलंकाका अतिरिक्त आयोजक उज्बेकिस्तान र लाओस पनि छन् ।

समूह विजेता बन्ने टोली अर्को वर्ष आयोजना हुने एएफसी एसियन कपमा छनोट हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्