२६ जेठ २०८३, मंगलबार

चेक अनादर गरे कालो सूचीमा पर्ने

असार २७, २०८२
काठमाडौं
चेक अनादर गरे कालो सूचीमा पर्ने

अब चेक अनादर गर्ने व्यक्ति कालो सूचीमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन/परिमार्जन/थप गर्दै चेक बाउन्ससम्बन्धी नयाँ व्यवस्था गरेको छ ।

राष्ट्र बैकले चेक बाउन्स (चेक अनादर) बेहोरा प्रमाणित गर्ने कार्यविधि, २०८२ जारी गर्दै चेक अनादर गर्ने व्यक्तिलाई कालो सूचीमा राख्न सकिने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार चेक अनादर गरेको बेहोरा प्रमाणित गर्ने कार्यविधिबमोजिम खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त नभएको अवस्थामा अनादर हुने चेक जारी गर्ने खातावाला तथा सोसँग सम्बन्धित पक्षलाई कालो सूचीमा राख्न धारकले सम्बन्धित बैङ्क वा वित्तीय संस्थासमक्ष निवेदन दिनुपर्ने कार्यविधिमा उल्लेख छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्