२७ जेठ २०८३, बुधबार
सुनसरी गोलीकाण्ड

गाईभैँसी चोरेर आतंक मच्चाउने जट भारतमै ‘वान्टेड’ : ससुरासँग १० हजार माग्दै थिए, सालीको हत्या गरेर भागे

असार ३०, २०८२
काठमाडौं
गाईभैँसी चोरेर आतंक मच्चाउने जट भारतमै ‘वान्टेड’ : ससुरासँग १० हजार माग्दै थिए, सालीको हत्या गरेर भागे

सुनसरीमा सालीलाई गोली हानेर हत्यागरी फरार भएका आजाद मियाँ जट भारतमा समेत ‘वान्टेड’ सूचीमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आइतबार राति हरिनगर गाउँपालिका–६ महरम चोक बस्ने १८ वर्षीया अरसी खातुनलाई गोली हानी हत्या गरेर फरार जट भारतमा पनि वान्टेड सूचीमा रहेको खुलेको हो ।

हत्यामा संलग्न भनिएका जट (अरसीका भिनाजु) भारतीय नागरिक हुन् । प्रहरीका अनुसार उनी भारत बिहार राज्यको पत्राहा पञ्चायत– १६ घुर्नाका हुन् । उनले भारतको पञ्जाबमा समेत चोरी र लुटपाट आतंक मच्चाउँदै आएका थिए । उनी भारतमा चोरी गरेर नेपाल छिर्ने र नेपालमा चोरी गरेर भारत छिर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार जटले गाईभैंसी चोरेर आतंक नै फैलाएका थिए ।

१५ दिनअघि मात्रै जट सुनसरीस्थित ससुराली आएका थिए । ससुरा गफार मियाँसँग हप्ता दिनदेखि १० हजार रुपैयाँ मागेर हैरान बनाएका जट पैसा नपाएपछि रिसाएका थिए । आइतबार राति २ बजे सुतिरहेकी सालीलाई उनले गोली प्रहार गरेको डीएसपी खतिवडाले बताए । खातुनको टाउकोमै गोली लागेको थियो ।

लगत्तै परिवारले समात्न खोजे पनि उनी भागेको खतिवडाले जानकारी दिए । ‘जटले भारतमा पनि चोरी र लुटपाटको आतंक मच्चाएका रहेछन्, घटनास्थल भारतीय सीमासँग जोडिएकाले पारि बुझ्दा जटको तीनपुस्ते नै खुलाइदिए,’ खतिवडाले लोकान्तरसँग भने, ‘खातुनको हत्याको कारण अहिले खुलिसकेको छैन, हामी सबै पाटोबाट अनुसन्धान गरिरहेका छौं ।’

null

प्रहरीले घटनास्थलबाट एक राउण्ड नपड्किएको गोलीसमेत फेला पारेको छ । प्रहरीका अनुसार जट लागुऔषध सेवनकर्ता समेत हुन् । उनी सुत्ने कोठाबाट प्रहरीले लागुऔषतको ट्याबलेटको खोल बरामद गरेको छ ।

प्रहरीका अनुसार जट नेपाल आए पनि प्रहरी खोजिरहेको सूचना पाएसँगै रातिमात्रै ससुराली पुग्थे । ‘जटविरुद्ध भारतमा पनि चोरी र लुटपाटमा उजुरी दर्ता भएको पाइयो,’ डीएसपी खतिवडाले भने, ‘उताको प्रहरीको पनि सहयोग लिएर जटलाई खोजिरहेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्