२६ जेठ २०८३, मंगलबार

नारायणीले बगाएर ९ वर्षीय बालकको मृत्यु

असार ३०, २०८२
काठमाडौं
नारायणीले बगाएर ९ वर्षीय बालकको मृत्यु

चितवनमा नारायणी नदीले बगाएर एक ९ वर्षीय बालकको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका-१ जोरकुशुम पार्कस्थित नारायणी नदीले बगाएर सोही महानगरपालिका-१ आँपटारी बस्ने गुल्मी घर भएकी मिरा घर्तीको छोरा ९ वर्षीय असिमको आइतबार दिउँसो मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा नदीले बगाएर अशक्त भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्