२७ जेठ २०८३, बुधबार

मिनी ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु

असार ३०, २०८२
तनहुँ
मिनी ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा आज दिउँसो स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीका लागि छुटेको ग २२ प ३९८९ नम्बरको स्कुटर सडकखण्डको बायाँपट्टि रोकि राखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका–१२ छिर्कने बस्ने अन्दाजी २५/३० वर्षीय सागर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया कृष्णमाया पन्त घाइते भएकी छिन् ।

दुर्घटनामा घाइते न्यौपानेलाई रत्नहरि अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ थापाले बताए ।

घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल अस्पताल पोखरा पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्