२७ जेठ २०८३, बुधबार

तनहुँमा रोकिराखेको ट्रकसँग स्कुटर ठोक्कियो, एक जनाको मृत्यु

असार ३०, २०८२
काठमाडौं
तनहुँमा रोकिराखेको ट्रकसँग स्कुटर ठोक्कियो, एक जनाको मृत्यु

तनहुँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने थप एक जना घाइते भएका छन् ।

सोमबार बिहान करिब ११:५५ बजेको समयमा व्यास नगरपालिका-१ अम्रेनीस्थित सडकको बाँयापट्टि रोकिराखेको बा १ क ८७१४ नम्बरको मिनिट्रकको पछाडी डुम्रेबाट दमौलीतर्फ आउँदै  गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा व्यास नगरपालिका-१२ छिर्कन बस्ने अन्दाजी २५-३० वर्षका सागर न्यौपानेको मृत्यु भएको तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए । 

दुर्घटनामा उनीसँगै अन्दाजी ६०-६५ की कृष्णमाया पन्त घाइते भएकी थिइन् । उनीहरूलाई उपचारका लागि रत्नहरी अस्पताल पठाइएकोमा सागरको उपचारका क्रममा मृत्यु भएको डीएसपी थापाले बताए ।

घाइते पन्तलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रेफर गरिएको, दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्