काठमाडौँ, ७ माघ- मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगको सिफारिसमा आठ सहसचिवको सरुवा गरेको छ ।
फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्रनाथ उपाध्याय सर्वोच्च अदालतका सहरजिस्ट्रारमा, न्यायपरिषद्का सहसचिव देवेन्द्र ढकाल श्रम अदालतको मुद्दा हेर्ने अधिकारीमा, उच्च अदालत तुल्सीपुर–बुटवलका रजिस्ट्रार भीमकुमार श्रेष्ठ विशेष अदालतको रजिस्ट्रारमा, उच्च अदालत पाटनका रजिस्ट्रार विमल पौडेल सर्वोच्च अदालतको सहरजिस्ट्रारमा उच्च अदालत विराटनगरका रजिस्ट्रार हरिराज कार्की फैसला कार्यान्वयन महानिर्देशनालयमा सरुवा भएका आजको नयाँ पत्रिकाले खबर छापेको छ ।
उच्च अदालत दिपायलका रजिस्ट्रार यामबहादुर बुढामगर न्यायपरिषद् सचिवालयमा, विशेष अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल सर्वोच्च अदालतको सहरजिस्ट्रारमा तथा उच्च अदालत विराटनगरका रजिस्ट्रार जितेन्द्रबाबु थपलिया उच्च अदालत सुर्खेतको रजिस्ट्रारमा सरुवा भएका छन् ।